ज्ञानेन्द्रले धोका दिएपछि आफैं राजाको शैलीमा देखिए दुर्गा प्रसाई
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो प्रथम वार्षिकोत्सव तामझामका साथ मनाएको छ । आज (मंगलबार) काठमाडौंको भृकुटी मण्डपमा विशेष कार्यक्रम आयोजना गरेर प्रथम वार्षिकोत्सव मनाइएको हो । उक्त कार्यक्रममा देशका विभिन्न ठाउँबाट समर्थकहरुको उपस्थिति थियो ।
प्रसाईले आजको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दनमा सहभागी भइदिन आग्रह गर्दै विन्तिपत्र समेत चढाएका थिए । तर, प्रसाईको कार्यक्रम छल्न ज्ञानेन्द्र सपरिवार चितवनतर्फ गए । त्यस्तै, उनले, राजा र हिन्दु राष्ट्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि सहयोगको अपेक्षा राखेका थिए । राजा र राप्रपा दुवैबाट असहयोग भएपछि प्रसाईँले आजको कार्यक्रम तामझामसहित गरेर आफैं राजर्शी शैलीमा प्रस्तुत भएका थिए ।
प्रसाई लक्जरियस गाडीमा सवार थिए । उनका समर्थकहरुले उनलाई मानव साङ्लो बनाएर सुरक्षा दिँदै भृकुटीमण्डपको कार्यक्रम स्थलमा प्रवेश गराएका थिए । उनले गाडीबाटै आफ्ना समर्थकहरुलाई हात हल्लाएर हौसल्ला प्रदान गरिरहेका थिए । त्यस्तै, परेवा उठाएर उनले उनले कार्यक्रमको सुरुवात गरे ।
प्रसाईले यसअघि गत मंसिर ७ गते बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । उक्त समयमा देशका विभिन्न स्थानबाट १० देखि १२ हजारका समर्थकहरु सहभागी भएको सुरक्षा निकायको आँकलन थियो । आजको कार्यक्रममा भने समर्थकहरुको सहभागिता पहिलाको जस्तो रहेन । आज लगभग २ हजार ५ सयदेखि ३ हजार समर्थकहरु सहभागी भएको आँकलन छ । प्रसाईँको उक्त कार्यक्रममा सुरक्षा व्यवस्था पनि निकै कडा थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सुरक्षा दिएका थिए । राष्ट्रिय अनुसन्धानसहितका कर्मचारीको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


