आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट्
काठमाडौं ।
देशका विभिन्न ठाँउमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट् भएको नेपाल प्रहरीले बताएको छ । झापा, बुद्धशान्ति गाउँपालिका-६ चुल्ठे पाखा गाउँ बस्ने ५६ वर्षीय सुर्य सुनुवारको घर र भान्सा घरमा मंगलबार बिहान आगलागी हुँदा २ वटा घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु र काठ समेत पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले बताए अनुसार ईलाम नगरपालिका-५ धारापानीस्थित घनेन्द्र मुखियाको घर, किराना पसल र डेरी उद्योगमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर, किराना पसल र डेरी उद्योगमा रहेका सरसामान जलेर करिब ८६ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै गरेर पर्सा, ठोरी गाउँपालिका-४ गोपीबस्ती बस्ने पवन अग्रवालको ऊखुबारीमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख १५ हजार रूपैयाँ बराबरको ऊखु जलेर नष्ट भएको नेपाल प्रहरीले पनि जनाएको छ ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१६ स्थित हाल बन्द अवस्थामा रहेको बिराटनगर पुरानो जुटमिलको स्वप्नर ब्लिचिङ डिपार्टमा मंगलबार राति आगलागी हुँदा ३ वटा मेसिन आंशिक रूपमा र कच्चा पदार्थ पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताएको छ ।
यस्तै गरेर दोलखा, बिगु गाउँपालिका-४ लादुक बस्ने फारम बहादुर वलीको घरमा गएराति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद ५० हजार रूपैयाँ जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको साथै ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल टेम्पो पार्क नजिक रहेको बिकाश श्रेष्ठको काठ गोदाम र फर्निचरमा गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

