त्रिवि उपकुलपति : बुढाथोकीले बधाई खाए, बरालले नियुक्ति पाए !
काठमाडौं। मुलुककै जेठो र सबैभन्दा धेरै विद्यार्थीको भार थेगिरहेको त्रिभुवन विश्वविद्यालयको उपक्रूलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराल सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र निकटका व्यक्ति हुन् ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको थियो।
छनोट समिति स्रोतका अनुसार तीनजनामध्ये बुढाथोकी बरालभन्दा २ अंकले अगाडि रहेका थिए । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
त्यसोत उपकूलपतिको सर्टलिस्टमा तीनजनाको नाम सिफारिस राति नै बुढाथोकी उपकूलपतिमा नियुक्त भएको भनेर सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको थियो । माओवादी निकटनै रहेका बुढाथोकीलाई माओवादीकै कार्यकर्ताले पनि बधाईको ओइरो लगाएका थिए । तर, अन्तिममा बुढाथोकीले २ दिनसम्म बधाई खाए अनि बरालले सुटुक्क नियुक्ति खाए भनेर पुन : सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।
सम्बन्धित समाचार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

