विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, १३
काठमाडौं । काठमाडौं, कीर्तिपुर नगरपालिका-६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार धादिङ, थाक्रे गाउँपालिका-८ काउलेमा बा-१६ च ८११३ नम्बरको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटनामा हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ८० वर्षीय शेर बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।
यसैगरी सर्लाही, गोडैता नगरपालिका- ८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका-९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ जय चोकमा प्रदेश १-०१-००१ च.७९६४ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


