Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १६
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । बागलुङ, जैमिनी नगरपालिका-१० काउले बस्ने ४८ वर्षीया मिना कुमारी पाध्यको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीस्थित सोही उपमहानगरपालिका-४ न्यूरोड बस्ने उमेश कुमार कशौधनको न्यू माया ईलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई गएराति आगलागी भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल नखुलेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स