Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

मानव बेचबिखन गर्ने कार्यमा संलग्न मिया पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८

काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्‍याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको छ ।

पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्‍याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको प्रहरीले जनाएको छ ।

मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स