विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जानकारी केन्द्र
२०८०, फाल्गुन, १९
काठमाडौं ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका-५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका-३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु.१३ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जा फेदीखोला गाउँपालिका-४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

