यू–१६ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै
काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनसिपमा आज भारतविरुद्ध मैदानमा उत्रँदा फाइनल प्रवेशका निम्ति नेपाल जित्नैपर्ने दबाबमा छ ।
नेपालले यसअघिका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपालले उपाधिका लागि बंगलादेशको भिडन्त निश्चित गर्नेछ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ३–० ले हराएको थियो ।
भारत पनि आज नेपाललाई हराउँदै फाइनलमा पुग्ने दाउमा छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टिमको सहभागिता छ । शीर्ष दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

