जस्तो सुकै पत्थरी फाल्ने अचुक घरेलु औषधि गहत, यस्तो छ खाने तरिका !
गहतलाई नचिन्ने को होला । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ ।
पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।पथरीको उपचार गहतले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।
गहतको दाल खाने तरिका यस्तो छ : गहतको दाल २५० ग्राम ल्याउनुहोस् राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् । बाँकी बचेको १ लिटर गहतको लेदोमा शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् र खानुहोस् या खान दिनुस १० एमएम सम्मको पत्थरी झार्दछ ।
पत्थरी हुँदा के खाने ?
१. पत्थरी हुँदा गहत,खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।
पत्थरीमा के नखाने ?
१. मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानु हुदैन ।
नोट : यस्ता घरेलु औषधिको प्रयोग पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । हामीले यसतर्फ ध्यान पुराउन सकि रहेका छैनौं यो दुर्भाग्य हो । हाम्रो घरको वरपर अनगिन्ती औषधिको भण्डार छ तर उपयोग विहिन बन्दै गएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


