Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आगलागीमा जलेर ५ वर्षीय बालकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २७
आगलागीमा जलेर ५ वर्षीय बालकको मृत्यु

तनहुँ ।
ऋषिङ गाउँपालिका-६ दाउन्ने बस्ने ऋषिराम थापा मगरको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा जलेर ऋषिरामको नाती ५ वर्षीय शिशिर थापाको मृत्यु भएको नेपाल प्रहरीले बताइको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा ती बालकले गोठभित्र सुकेको पराल, काठ दाउरा समेत रहेको स्थानमा लाईटर खेलाउने क्रममा गोठमा आगलागी भएको बुझिन आएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स