Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३०
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १४८५ रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स