Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

धनकुटामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३०
धनकुटामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

धनकुटा ।
साँगुरीगढी गाउँपालिका-७ गर्जुवास्थित सडकमा को.१ च ३२८० नम्बरको मारूती भ्यान र को.३३ प ८३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय दिवश तामाङको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मारूती भ्यान र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स