Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।

भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स