कुन आसनमा सुत्ने मानिसको स्वभाव कस्तो ?
एजेन्सी । सबैको सुत्ने शैली अलग–अलग हुन्छ । तपाईँको सुताईको शैलीले तपाईँको व्यक्तित्वलाई संकेत गर्दछ । मुख्यतः मानिसको सुताईका ६ वटा आसन रहने गर्छन् । ६ मुख्य आसनमा फिटस, लग, यार्नर, सोल्जर, फ्रिफल र स्टारफिस हुन् ।
कर्भ : ढाड र पेटको भाग अर्थात् एकातर्फको हात थिचिने गरी सिरानिलाई तलमाथि पारेर दायाँ वा बाँयातर्फ फर्केर सुत्ने आसनलाई स्टारफिस अर्थात् कर्भ आसन भनिन्छ । यस आसनमा सुत्नेहरु स्टारफिस माछाको आकृति झै सुत्ने गर्दछन् ।
यो आसनमा सुत्नेहरु प्रायः सबैको कुरा सुन्ने स्वभावका हुने गर्दछन् । यिनीहरु अरुका अगाडि आफ्नो प्रभाव छाड्न नरुचाउने हुन्छन् । उनीहरु आफ्ना परिवार र पार्टनरप्रति बफादार हुन्छन् । यस आसनमा सुत्नेहरुमा घुर्ने, खराब सपना देख्ने तथा ऐठन समस्या हुने गर्छ । तर यस आसनमा सुत्नेमा कुनै भित्रि रोग भने देखा पर्दैन ।
फिटस : गर्भावस्था शिशुको जस्तो दायँँबायाँ कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने आसनलाई फिटस भनिन्छ । यो आसनमा सुत्नेहरु बाहिर निकै कठोर तर आन्तरिक रुपमा अत्यन्त कोमल मनका हुने गर्दछन् ।
यी व्यक्तिहरु अरुसँगको पहिलो भेटमा धेरै नखुल्ने, कम बोल्ने र लज्जालु स्वभावका हुने गर्दछन् । तर सम्बन्ध प्रगाढ भएपछि भने अत्यन्तै आत्मियताका साथ घुलमिल हुने गर्दछन् । सुताईको यो आसन सबैभन्दा सामान्य हो । यस्तो आसनमा सुत्नेहरुलाई आमासय, कलेजो र फोक्सो लगायतको समस्या हुन सक्छ ।
फ्रिफल : घोप्टो परेर पेटको बलमा सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास टाउको दायाँबायाँ राखेर सुत्ने आसनलाई फ्रिफल आसन भनिन्छ । यो आसनमा सुत्नेहरु मिलनसार, बहुप्रतिभाका धनि तथा भावुक स्वभावका हुने गर्दछन् ।
यसरी सुत्ने व्यक्तिहरु कठिन परिस्थितिमा आत्तिने, आफ्नो आलोचना नसहने, भित्रभित्रै कमजोर हुने तथा अरुको कुरामा चासो नदिने हुन्छन् । यिनीहरुमा उच्च यौनइच्छा र चञ्चलता रहने गर्दछ । यस आसनमा सुत्नेहरुलाई सास फेर्न ग्राहो हुने तथा घाँटीको समस्या हुनसक्ने हुन्छ । तरपनि यो आसनको सुताईलाई सामान्य मानिन्छ ।
लग : दायाँ अथवा बायाँ तर्फ कोल्टे परेर हातलाई टाउको तर्फ ल्याएर खुट्टा नखुम्च्याई सुत्ने आसनलाई लग आसन भनिन्छ । यो आसनमा सुत्नेहरु सामान्य, सिधासाधा, सामाजिक र शान्त प्रकृतिका हुन्छन् ।
यी व्यक्तिहरु नचिनेका व्यक्तिलाई पनि छिटो विश्वास गर्दछन् । त्यसैले यस्तो आसनमा सुत्नेहरुलाई जोकोहिले मुर्ख बनाउने गर्दछ । लग आसनमा सुत्नेहरु ढाड नमोडी सुत्नुपर्ने भएकाले कम्मर तथा ढाडको समस्या कम पाइन्छ ।
सोल्जर : हात शरीरसँगै राखी, सिधा उभिए झै उत्तानो परेर सुत्ने आसनलाई सोल्जर आसन भनिन्छ । यस आसनमा सुत्नेहरु शान्त प्रकृतिका, एक्लै रहन चाहने, कसैसँग हत्तपत्त नखुल्ने, सानातिना समस्यालाई नटेर्ने र अरुको भलाइको उच्च चाहना राख्ने स्वभावका हुने गर्दछन् । तर यस्तो आसनमा सुत्नेहरु घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निन्द्रामा पर्न नसक्ने लगायतका समस्याबाट ग्रसित हुन्छन् ।
यार्नर : एउटा खुट्टा नखुम्च्याई एउटालाई मात्र मोडेर शरीर कोल्टे पारेर, हातलाई सिरानी तर्फ ल्याई सुत्ने आसनलाई यार्नर आसन भनिन्छ ।
यो आसनमा सुत्ने व्यक्तिहरु खुला मिजासका हुन्छन् । तर उनीहरु शंका गर्ने बानी र मुडि स्वभाव हुने गर्दछन् । यस्तो आसनमा सुत्नेहरु निर्णय लिन लामो समय लिने तर एकपटक लिइसकेको निर्णय नबदल्ने हुन्छन् । परिस्थितिलाई बुझ्न सक्ने र अवस्था अनुसार नयाँ कुरा तुरुन्त सिक्न सक्ने हुन्छन् । यो आसनमा सुत्नेहरु एसिडिटी र निन्द्रामा निसास्सिने समस्या हुन्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


