चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता डरलाग्दा रोगहरु
जानकारी केन्द्र
२०८०, चैत्र, ७
काठमाडौं । तपाईंको पनि चर्को नुन खाने बानी छ भने अब सजग रहनुहोला । किनकि धेरै नुन खाँदा मानव स्वास्थ्यमा हानी पुग्छ । हामी तरकारीमा नुन चर्को खान सक्छौँ । तर, अमिलो खान सक्दैनौँ ।
अलिनो भयो भने नुन थपेर आफ्नो स्वाद अनुसार खाने गर्छौँ । अलिनो भयो भने पनि नुन थपेर खाने गर्छौँ ।
चर्को नुन खानुभन्दा बरु अलिनो नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अझ पछि नुन थपेको त त्यति मीठो पनि हुँदैन । अर्कातिर स्वास्थ्यमा पनि असर पर्छ ।
विभिन्न अनुसन्धानले देखाए अनुसार धेरै नुनको सेवन गर्दा विभिन्न समस्याहरु देखिन सक्छन् ।
यस्ता छन् चर्को नुन खानुका बेफाइदाहरुः
- धेरै नुन खाँदा हृदयाघातको सम्भावना हुनुका साथै पत्थरी हुने पनि उत्तिकै सम्भावना रहन्छ ।
- बढी नुन सेवन गर्दा मोटोपन बढ्छ । त्यसैले नुन खाँदा हामीले संयमितता अपनाउनुपर्छ ।
- धेरै नुन खाँदा उच्च रक्तचापको जोखिम पनि हुन्छ । मुटुमा समेत समस्या देखिन सक्छ ।
- जब हामी नुन खान्छौँ, हाम्रो शरीरमा धेरै पानी जम्मा हुन्छ । यसको दबाब मिर्गौलासम्म पर्छ ।
- धेरै नुन खाँदा १७ प्रतिशतले बढ्छ भने हृदयाघातको जोखिम २३ प्रतिशतले बढ्छ ।नुनको बढी सेवन गर्दा अनिद्रा, चिड्चिडाहट, जोर्नी सुनिने र दुख्ने लगायतका समस्या आउनुको साथै दीर्घकालमा थाइराइड पनि हुन सक्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


