आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।
बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीका अनुसार रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वी चन्द्र अस्पताल परासीको प्रयोगशाला कक्षभित्र एसिमा जोड्ने विजुलीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा कोठाभित्र रहेका सामानहरू आंशिक रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण हाल खुलेको छैन् ।
यसैगरी बिथ्थडचिर गाउँपालिका-९ बागथलास्थित सोही ठाउँ बस्ने भान बहादुर बिष्टको होटल र खुद्रा पसलमा आइतबार राति आगलागी भएको नेपाल प्रहरीले बताएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका-२ मैनाबगर ग्यारेजलाईनस्थित तिलोत्तमा नगरपालिका-३ बस्ने ७१ वर्षीय अर्जुन पोख्रेलको यसोदा सप्लायर्स मोटर पार्टसमा करेन्ट सर्ट भई आइतबार राति आगलागी भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित प्युठान, प्युठान नगरपालिका-३ घर भएका ३० वर्षीय खुम बहादुर थापाको प्युठान होटलमा समेत आगलागी भएको छ । आगलागीबाट होटल तथा मोटर पार्टस् पसलका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

