हनुमान चालिसा सिरानीमा राखेर सुत्नुस्, हुनेछ यस्तो फाइदा
काठमाडौं । राति निन्द्रा नलाग्ने समस्याबाट तपाई पीडित हुनुहुन्छ ? पछिल्लो समय धेरै मानिसहरु यस्तो समस्या लिएर चिकित्सककहाँ पनि पुग्ने गरेका छन् । व्यस्त जीवनशैली, तनाव, मोबाइल लगायतका उपकरणका कारण राति निन्द्रा नपर्ने समस्या रहेका छन् ।
हिन्दू धर्मशास्त्रका विभिन्न ग्रन्थले भने सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ । दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।
दुर्गा सप्तसती पाठ
अहिले नवदूर्गा पूजाको समयपनि रहेको छ । यस समय जमरा राखिएको वा नवदूर्गा पूजा गरिने गरिन्छ । कतिपयले दैनिक चण्डी अर्थात दुर्गा सप्तसती पाठ गर्ने गरेका छन् । शास्त्रमा यसको ठूलो महत्व रहेको बताइन्छ । उक्त दुर्गा सप्तसतीको पुस्तकलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।
हनुमान चालिसा
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥
फलामको उपकरण
भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।
भगवानलाई अर्पण गरिएको फूल
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।
मुला
सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


