Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

झापा र तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १६
झापा र तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । झापा ,१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने इलाम माई नगरपालिका-६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका-४ स्थित कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका-१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स