Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

इलाम,सिन्धुली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १८

काठमाडौं । माई नगरपालिका-२ स्थित माईखोलामा डुबेर झापा कनकाई नगरपालिका-१ जामुनखाडी बस्ने २१ वर्षीय मुकेश ढकालको शुक्रबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको छ ।

प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका-६ सुंगुरे खोला नजिकै रहेको हिउदमा सिचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने चन्द्र बहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यसैगरी मुसिकोट नगरपालिका-४ आरूपाटा बस्ने २१ वर्षीय सन्दिप कुमालको सोही नगरपालिका-४ स्थित बडिगार्ड खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनको लुम्बिनी प्रभास हस्पिटल वामिटक्सार गुल्मीमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स