छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । वीरगंज महानगरपालिका-१८ ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागूऔषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको बताइएको छ।
प्रहरीका अनुसार पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका नगवा चोक बस्ने २० वर्षीय सुजन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी अमरगढी नगरपालिका-४ तल्लो खलंगाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ मिलिग्रामसहित सोही ठाउँ बस्ने ४३ वर्षीय कमल गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले से.७ प ३६१५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक गुरूङलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।
त्यस्तै गरेर कन्काई नगरपालिका-३ डाईमन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागूऔषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २१ वर्षीय सन्जय चौधरी र ३० वर्षीय रोशन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले सन्जयको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र रोशनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको बताइएको छ।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका-५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-२ बस्ने २४ वर्षीय कमल बिक र २० वर्षीय प्रतिक तामाङ रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मे.३ प ७८११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ बस्ने २९ वर्षीय उगेन दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।
त्यस्तै गरेर सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ५१ मिलिग्रामसहित २ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्रउ गरेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय जीबन लिम्बु र २६ वर्षीय सुमन लिम्बु रहेका छन् । प्रहरीका अनुसार सुन्दरहरैचा नगरपालिका-७ पाथिभरा बस्ने कमला वानेमको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले कमलाको घर तलासी गर्दा उनको घरमा पाहुना आएका दुवै जनालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

