मिडियामाथि फेरि खनिए गृहमन्त्री लामिछाने, सदनमा बोल्न पाउनुपर्ने माग
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आक्रोश पोखेका छन्। उनले मिडियाले कतिपय विषयमा प्रमाणित नै गरेजसरी समाचार लेख्ने गरेको भन्दै आक्रोश पोखेका हुन्। आज (मंगलबार) को संसद् बैठकमा भाग लिनको लागि संसद् भवन पुग्दा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले भने,‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा। हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो।’
उनले कुनैपनि विषयमा प्रश्न उठ्दैमा दोषी नै प्रमाणित नहुनेतर्फ टिप्पणी गरे । मन्त्री लामिछानेले थपे,‘साथीहरु त पत्रकार नै होजस्तो लाग्छ मलाई, एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’
उनले आफू सञ्चारमाध्यमको पृष्ठभूमिबाट आएकोले समाचारको कारखानामा कुन रंगका र कुन ढंगका समाचार छापिन्छन् भन्ने कुरा पूरा थाहा भएको बताए। उनले भने,‘प्रश्न उठ्दैमा आँत्तिनुपर्ने कुरा त केही पनि छैन् । जसले आएर उजुरी थमाईदिन्छ, जसले आएर जाहेरी थमाईदिन्छ, कागज थमाईदिन्छ, भएभरका सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यसको लागि त्यस्तै किसिमको एउटा सम्झौता गर्नुपर्यो नि ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


