Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा २ परिवर्तन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २१
गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा २ परिवर्तन

काठमाडौं । भारतमा जारी त्रिकाणात्मक टी-२० सिरिजअन्तर्गत गुजरातविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

गुजरातले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रने भएको हो ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरी र करण केसीको स्थानमा विवेक यादव र प्रतिश जिसीले स्थान पाएका छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा।

यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।

Top Changing Nepal

युट्युब सट्स