मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति
रौतहट । रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ।
आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। , घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , लत्ताकपडा पुर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्राको मूल्य भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन। आगलागी बाट पाँचलाख,४५ हजार रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गर्मी संगै हावाहुरी चल्न सुरुभएपछि रौतहटमा दैनिकजसो आगलागीको घटना भईरहेको छ। जिल्लाको १८ स्थानियतह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रणमा समस्या हुनेगरेको जानकारहरुले बताउँदै आएका छन।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

