यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौ, २९ चैत । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार डलरको कारोबार स्थिर रहेको थियो। सो दिन डलरको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा रहेको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ३० पैसाले घटेको हो । बुधबार भने यसको खरिददर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ २१ पैसा कारोबार भएको थियो ।त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ११ पैसाले याउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९३ र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ । यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ र बिक्रीदर ४३३ रूपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


