करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको निधन
सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको ज्यान गएको छ । शुक्रबार बिहान चैते धान रोप्न खेत बनाउँदै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर खेत ट्रयाक्टर चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी पठाइरहेको मोटरबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर बनेका पासवानलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

