गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
टोकियो । अमेरिकामा जन्मेका पूर्व सुमो कुश्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टी गरेको हो ।
अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय ती खेलाडीकोृ जापानको एक अस्पतालमा हृदयघातका कारण मृत्यु भयो। हवाईमा चाड जर्ज हाआहेओ रोवानमा जन्मेका अकेबोनो पहिलो गैर जापानी योकोजुना बनेका थिए, जो एक सुमो ग्रान्ड च्याम्पियनसमेत हुन् । सो बिधाको खेलकुदमा उनी उच्चतम श्रेणीका खेलाडी मानिन्थे ।
‘यो दुःखका साथ हामी घोषणा गर्दछौं कि टोकियो क्षेत्रको अस्पतालमा हेरचाह गर्ने क्रममा अकेबोनो तारोको यस महिनाको सुरुमा हृदयघातका कारण मृत्यु भयो,’ उनको परिवारले जापानमा अमेरिकी सेनामार्फत एक विज्ञप्तिवाट भने ।
उनले ६४ औं योकोजुनाको रूपमा सुमो बूमको नेतृत्व गरे र ११ च्याम्पियनशिप जित्नेसहित धेरै उपलब्धिहरू हासिल गरेका थिए,’ जारी बिज्ञप्तिमा भनिएको छ । उनले सन २००१ मा सुमोबाट अवकाश लिए।
जापान सुमो एसोसिएसनका अनुसार अकेबोनोलाई सन २०१७ मा कुस्ती खेलपछि अस्पताल लगिएको थियो र त्यसयता उनी अस्वस्थ थिए। उनका श्रीमती, छोरी र दुई छोरा रहेका छन् ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

