आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।
त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए । यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


