अमेरिकी डलरको भाउ बढ्याे, आजको विदेशी विनिमय दर कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ बढेको छ ।
आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसाले बढेको हो । यसअघि शुक्रबार यसको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार युरो एक रुपैयाँ ८८ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। शुक्रबार भने यसको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा तोकिएको थियो ।
आज बेलायती पाउन्ड ४१ पैसाले घटेको छ । आइतबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा तोकिएको छ। यसअघि शुक्रबार पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६७ रुपैयाँ २८ पैसा थियो।
त्यसैगरी आइतबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। र आइतबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।
यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ १९ र बिक्रीदर ४३४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

