केपि ओलि,प्रचण्ड र माधव कुमार नेपालको बालुवाटारमा आकस्मिक भेला
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समय सीमा सकिन केही घण्टा बाँकी रहँदा पनि कसले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भन्ने निर्णय भइसकेको छैन । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सदूर सरकार गठनको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन गर्न सहमति जुटेको थियो । तर, बैठकबाट बाहिरिएपछि माधव नेपालले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ ।
सुदूरमा नेपाली कांग्रेसले समेत नयाँ समीकरण बनाएर सरकारमा दाबी पेश गर्ने तयारी गरेको छ । यसरी तयारी भइरहँदा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसका नेताहरुलाई साथ दिने तयारी थालेका छन् । कूल ५३ सदस्यी प्रदेश सभामा कांग्रेसका १७ सांसद छन् । अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीको ४ सांसद, त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षधर सांसदहरु ४ लगायत सांसदको बहुमत जुटाएर सरकारको दाबी पेश गर्ने तयारी भइरहेको छ ।
यसरी नाउपाका रेशम पक्षधर र अध्यक्ष रञ्जिता चौधरी पक्षधर सांसदहरु विभाजित हुँदा सरकारको दाबी थप अन्यौलग्रस्त भएको छ । सरकारमा दाबी गर्न कांग्रेसले बहुमत पुर्याउने कसरत गरिरहँदा ओली– प्रचण्ड झस्किएका छन् । ओली–प्रचण्ड पुनः आकस्मिक छलफलमा जुटेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


