‘बढे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद बिष्फोट’ को दृश्य विवादमा
मुम्बइ । अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ । यो दृश्यमा मस्जिद भित्र बम विष्फोट भएको मानिसहरुको दाबी छ । यो दृश्यको क्लिप र स्क्रिनसट शेयर गरेर मानिसहरुले निर्मातालाई राम्रो र नराम्रो भनिरहेका छन् ।
अब निर्माताहरूले यी सबै दाबीको जवाफ दिएका छन्। उनले मस्जिदमा बम विष्फोटको सिलसिलालाई लिएर चलिरहेको अफवाहबारे स्पष्टीकरण दिएका छन् । फिल्मका सह निर्माताले दर्शकको यो गलत धारणा प्रति सफाइ दिदैँ यो दाबी पूर्ण रूपमा गलत भएको बताए । उनका अनुसार यस दृश्यमा बम कुनै धार्मिक स्थलमा नभई गुम्बजमा विष्फोट गरिएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार निर्माताहरूले दिएको बयानमा भनिएको छ, “केही भिडियोहरू इन्टरनेटमा फैलाइँदै छन्। ‘बडे मियाँ छोटे मियाँ’को सुटिङका क्रममा मस्जिदमा बम विष्फोट भएको बताइएको छ । चलचित्र निर्माताको हैसियतमा हामी संस्कृतिको सम्मान गर्छौं भनेर देखाउन चाहन्छौं। हामी धार्मिक कुरालाई सम्मान गर्छौं। हाम्रो फिल्ममा विस्फोट गुम्बजमा भएको थियो। यसको कुनै धार्मिक स्थल वा मस्जिदसँग कुनै सम्बन्ध छैन।’
निर्माताहरूले जनतालाई यस्ता झुटो दाबीहरूमा विश्वास नगर्न अपिल गरेका छन्। गल्ती खोज्ने उद्देश्यले फिल्म हेर्नु हुँदैन । यो मनोरन्जन उद्देश्यका लागि हेर्नु पर्छ। यस स्पष्टीकरणको उद्देश्य कुनै पनि प्रकारको भ्रम हटाउनु पनि रहेको उनले बताए । जसले गर्दा दर्शकले कुनै भ्रमविहीन फिल्मको मजा लिन सकून् ।
बीएमसीएमको कलेक्शनको कुरा गर्ने हो भने तेस्रो दिन ८.५ करोड कमाएको छ । फिल्मले पहिलो दिन १५.५ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ७.६ करोड कमाएको थियो । यसले तीन दिनमा कुल ३१.७ करोड कमाएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

