Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३
एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

चन्द्रपुर । नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको पदाधिकारी चयनका लागि आईतबार निर्वाचन भएको थियो । अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा लाल बहादुर दोङ निर्वाचित भएका छन् दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका थिए । त्यस्तै उप सचिव पदमा जयनारायण साहले १४७ मत ल्याउदै विजयी भएका छन् । अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्बिरोध निर्वाचित भएका थिए । उप सचिव पदमा समेत सरिता पाण्डे निर्बिरोध निर्वाचित भएकी थिइन् ।

नेतृत्व चयनका लागि सर्बसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटिका सदस्य रमेश तिमलसिनाले जानकारी दिएका    छन् । नेकपा एमाले चन्द्रपुरको पदाधिकारी चयनमा सर्बसम्मत हुन नसक्नुले नेकपा एमाले चन्द्रपुरमा स्पस्ट दुई धार देखा परेको छ ।

अध्यक्षमा निर्वाचित आचार्य यस पटक निर्वाचित भएसंगै तेस्रो कार्यकतालका लागि अध्यक्ष भएका हुन । उनी नेकपा एमाले रौतहटको सचिव पदमा पराजित भएपनि पुन नगर अध्यक्ष भएका हुन ।

Top Changing Nepal

युट्युब सट्स