आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । अर्जुनधारा नगरपालिका-६ पाथिभरा टोल बस्ने प्रदिप मित्तलको घरमा पार्किङ गरी राखेको प्रदेश-१-०१-०१६ प ३३९६ नम्बरको स्कुटरमा सोमबार बिहान आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका-११ घरेली रातामाटास्थित दुई खोलाको जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४२ वर्षीया धनमाया कामीको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँस्थित कालाखोला खानेपानी आयोजनाको पाईप समेत जलेर करिब ६८ हजार ४ सय रूपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
त्यस्तै गरेर धुनिवेशी नगरपालिका-६ कालिदेवीस्थान बस्ने कबिता बानियाँको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, घरमा रहेको अन्नपात, लत्ताकपडा जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

