प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य
जानकारी केन्द्र
२०८१, बैशाख, ४
काठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ । फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।
प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता फिल्ममा काम गर्दै छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


