इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप
काठमाडौँ । अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् । यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् ।
इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ। इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।
यस कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिएको थियो। तर, तेहरानको क्षेप्यास्त्र कार्यक्रममा अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ ।
अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायकसहित १३ जनाको मृत्यु भएको थियो।
इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ। इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपी इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ ।
सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

