मुन्नाभाईको तेस्रो सिरिज बन्ने
काठमाडौँ । बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ ।
फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् ।
उनले भनेका छन्- ‘मुन्नाभाई–३ को लेखन कार्य जारी छ । यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु । यो चलचित्र मार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौँ । आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौँ ।’
हालै फिल्म १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाई एमबिबिएसको पहिलो सिरिज २००३ मा रिलिज भएको थियो । त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाई २००६ मा रिलिज भएको थियो । यस फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए । मुन्नाभाईका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

