ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…
काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।
उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।
अप्रिल १६ एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । बूढो मानिसको अवस्था राम्रो देखिएन, र उनको टाउको लगातार कुर्सीमा झुकेको थियो। महिला बारम्बार आफ्नो हातले आफ्नो टाउको सीधा गर्न खोज्दै गरेको देखिएको छ ।
यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् । सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियो अनुसार एरिका भन्छिन्, ‘अंकल, तपाईंले सुनिरहनु भएको छ। तपाईंले कागजमा हस्ताक्षर गर्नुपर्छ । नत्र हामीले ऋण पाउन सक्नेछैनौं । म तपाईंको ठाउँमा हस्ताक्षर गर्न सक्दिन ।’
ती महिलाले थप भनिन्, ‘अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन । हामी यो अब सहन सक्दैनौं ।’ वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीलाई शंका गरेको बताइएको छ । त्यसपछि उनीहरुले ति व्यक्तिलाई लैजान आग्रह गरेका थिए । बैंकका कर्मचारीको आग्रह ति महिलाले नमानेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।
घटनाको अनुसन्धानपछि प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । शवलाई शव गृहमा पठाइएको छ । प्रहरीले वृद्धको मृत्यु केही घण्टा अघि नै भएको थियो र एरिकालाई यो पहिले नै थाहा भएको बताएको छ ।प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन्, जसले गर्दा त्यहाँका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरून् । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेकी छन्।
अहिले प्रहरीले एरिका र ति पुरुषको सम्बन्ध बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

