भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर
काठमाडौँ । एआईका अचम्मका चमत्कारहरू फिल्मी संसारमा हरेक दिन देख्न सकिन्छ। एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर अहिले भाइरल भइरहेको छ ।
यस ट्रेलरमा हेनरी क्याभिललाई जेम्स बोन्डको भूमिकामा देखाइएको छ । जबकि, मार्गोट रोबी बन्ड गर्लको रूपमा देखाइएको छ । चाखलाग्दो कुरा के छ भने फेक ट्रेलर भए पनि यसलाई २५ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो ट्रेलर पछि, मानिसहरूले जेम्स बोन्डको भूमिका हेनरी क्याभिलले निभाउने इच्छा व्यक्त गरिरहेका छन् ।
जेम्स बन्ड सिरिजको फिल्ममा क्याभिलको नाम जोडिएको यो पहिलो पटक भने होइन । हेनरीले फिल्म ‘क्यासिनो रोयल’ का लागि बन्डको भूमिकाका लागि अडिसन दिएका थिए तर उनी त्यो भूमिका पाउन असफल भएका थिए । अभिनेता डेनियल क्रेगले यो भूमिका निभाएका थिए । यो फिल्मका निर्देशक मार्टिन क्याम्पबेलले गत वर्ष एक अन्तर्वार्तामा हेनरी क्याभिलको जेम्स बन्ड अडिसनमा निकै रमाइलो भएको बताएका थिए । उनले हेनरी अडिसनमा निकै राम्रो भएको बताए । उनको अभिनय गजबको थियो ।
हालै, ‘द रिच आइसेन शो’ मा कुराकानीको क्रममा, क्याभिलले जेम्स बन्डको भूमिकाको लागि आफ्नो कास्टिङको बारेमा कुरा गर्दै अहिलेसम्म आफूसँग त्यस बारे कुनै नयाँ अपडेट नभएको बताएका थिए ।
नक्कली ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=gcIv4hGDZeE
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


