श्रीमान भन्छन्- ‘रिसको आवेगमा श्रीमतीमाथि बन्चरो प्रहार पश्चात शव टुक्रा टुक्रा पारे’
जानकारी केन्द्र
२०८१, बैशाख, १०
धनुषा । शहिदनगर नगरपालिका ७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत कात्तिक १० गते सुदिपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरी आफ्नै घरमा खाल्डो खनी गाडेको खुलेको छ । कात्तिक ३० गते राति उदित समेतलाई बोलाई शव निकालेर टुक्रा पारेको समेत जनाइएको छ ।
शव टुक्रा पारे पश्चात स्थानीय कट्टी नदी किनारको झाडीमा फालेको भन्ने सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


