आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
जानकारी केन्द्र
२०८१, बैशाख, ११
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।
अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै ८-८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफुलाई प्लेअफमा पुर्याउने दौडमा रहेका छन् ।त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार बेहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ । अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुदैन।
त्यस्तै पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार बेहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ । खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ। त्यसैगरी दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५-५ खेल हारेर कठिन अवस्थामा पुगेका छन् । ६-६ अंकसहितसातौँ र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ ।
यसरी प्रतियोगिताका आधा खेल सकिदा शिर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


