केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
काठमाडौँ । जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस अघि केजरीवालले जमानत पाउने आशामा सुगर भएको दाबि गरेको बताउदै विवाद भएको थियो । आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले केजरीवाललाई जेलमा इन्सुलिन दिएको जानकारी दिदै मुख्यमन्त्री सहि भएको प्रमाणित भएको बताएका छन् ।
जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिन दिइएको बताएको छ । सोमबार साँझ केजरीवालको सुगरको तह २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।
यसअघि सीएम केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च सुगर भएपनि इन्सुलिन नपाएको बताएका थिए ।
यसअघि सोमबार केजरीवालले आफ्नो स्वास्थ्य परिक्षण गर्न हरेक दिन १५ मिनेट डाक्टरसँग परामर्शको अनुमति मागे पनि अदालतले सो अनुमति दिन अस्वीकार गरेको थियो । त्यस्तै प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवालले सुगरको लेभल बढाउन र जमानत पाउन जेलमा आप र मिठाइ खाइरहेको आरोप लगाएको थियो । केजरीवाललाई मदिरा नीतिमा कथित घोटालाको आरोपमा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

