Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १२
जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

उदयपुर । ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार राईले ती महिलालाई ज्यान मार्ने धाक धम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स