सरकार र मधेशि मोर्चा बिचको वार्ता एकाएक यसरी भाडियो
प्रमुख प्रतिपक्षी, सत्तारुढसहित पाँच दल र मधेसी मोर्चावीच विहान साढे नौ बजेबाट सुरु भएको बार्ता पौने एक वजेसम्म चल्यो । बार्तांको प्रारम्भमा सौहाद्रपूर्ण रुपमा छलफलमा भाग लिदै सबैले आ आफ्नो धारणा राखिरहेका थिए । छलफल मुख्य रुपमा मधेसी मोर्चाको माग संबोधन गर्ने गरी कुन प्रस्तावलाई अगाडि बढाउने भन्नेमा केन्द्रीत थियो ।
त्यसक्रममा बोल्ने पालो प्रधानमन्त्री केपी शर्मा ओलीको आयो । उनले भने,‘संविधान संसोधन कस्ले दर्ता गरे मलाई थाहाँ छैन । काग्रेस र अरुले भन्छन । उपेन्द्र जी भन्नुस यो संसोधनले समस्या समाधान हुन्छ ।’ प्रधानमन्त्रीको प्रश्नमा उपेन्द्र यादवले यो संसोधनले समस्या समाधान हुँदैन हामी मान्दैनौ भनेर तत्काल जवाफ फर्काए ।
प्रधानमन्त्रीको त्यस्तो जवाफ पछि नेपाली काग्रेस आक्रोसित हुन पुग्यो । सभापति सुशील कोइरालाले तत्कालै प्रधानमन्त्रीले संसोधन प्रस्तावको विषयमा कसरी थाहाँ छैन भन्न सक्नु हुन्छ ? उहाँकै पार्टीका उपाध्यक्ष बामदेब गौतम भएको बेला क्याविनेटले अनुमोदन गरेको होईन ? तीन दलले काग्रेसले अगाडि बढाएको प्रस्ताव लैजान्छु भनेको होईन । यो सहमितमै आएको प्रस्ताव हो त्यसबाट प्रधानमन्त्री उम्किन पाउनु हुँदैन भनेर आक्रोस ब्यक्त गरे ।
त्यसपछि बैठक तनाबपूर्ण बनेको थियो सबै तिर आक्रोस पोखिएको थियो ।
त्यसपछि तीन दलको विचमा छलफल गर्न भन्दै प्रधानमन्त्रीले राप्रपा प्रमुख सचेतक दिलनाथ गिरी र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तपाईहरु बाहिर जानुस हामी छलफल गर्छौ भनेका थिए । गच्छदारले तपाईहरु छलफल गर्नुस हामी जान्छौ भन्दै निस्कीन खोजेपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले विजय र दिलनाथजी पनि बस्नुस मिलाएर लिएर जानुपर्छ भनेर फर्काउन खोजेका थिए । तर उनी निस्किएर छलफल हुन सकेन ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा बैठकमा सहभागि उपप्रधान मन्त्री भीम रावलले नेकपा एमालेसँग सहमति नै नगरी काग्रेसले ब्यक्तिगत रुपमा पहिलो प्रस्ताव संसदमा दर्ता गराएको र दोस्रो संसोधन पनि काग्रेसका नेताहरुले ब्यक्तिगत रुपमा ल्याएको र यसले मधेसको समस्या समाधान नगर्ने धारणा प्रधानमन्त्रीले राखेको जानकारी दिदै प्रस्ताव केवल काग्रेसको ईन्ट्रेष्टमा मात्रै आएको बताए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


