रौतहटमा आगलागी झण्डै १२ लाखको क्षती
रौतहट । रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो। आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम,२ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।
घटना लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवाबाट सई सुवाष खत्रीको कमाण्डमा ११ जना ,प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट असई हृदेश राउतको कमाण्डमा ४ जना, गौर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा उक्त आगो बिहान साढे २ बजेको समयमा पुर्ण रुपमा नियन्त्रण हुँदा ठूलो क्षतीबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनामा मानविय तथा पशु चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। गर्मी संगै तातो हावा चल्न सुरुभए यता पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर करोडौं बराबरको क्षती भएको अनुमान गरिएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

