Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कुवेत पठाइदिन्छु भन्दै नयाँदिल्ली पुर्याएर वेश्यावृतिमा लगाएको अभियोगमा एकजना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २२
कुवेत पठाइदिन्छु भन्दै नयाँदिल्ली पुर्याएर वेश्यावृतिमा लगाएको अभियोगमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृतिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका-५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्की मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको छ ।

पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफै लगानी गरिदिने प्रलोभन देखाई भारतबाट बिदेश जाने प्रक्रिया छिटो हुने भनि विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्‍याइ एयरपोर्ट नजिकैको फल्याटमा बन्धक बनाई वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स