डण्डीफोर आएर तनावमा हुनुहुन्छ ? छुटकारा दिलाउने घरेलु उपाय यस्ता छन्
एजेन्सी । सफा र सुन्दर अनुहार सबैको चाहाना हुन्छ । तर सबैको चाहाना अनुरूपको अनुहार हुँदैन । विशेषगरी युवा अवस्थामा अनुहारको बिशेष हेरचाह गर्ने गरिन्छ । तर यही युवावस्थामा नै धरैको अनुहार डन्डीफोरले घेरिएको हुन्छ । अझ अनुहारमा आउने अत्यधिक डन्डीफोरले त अनुहारलाई कुरूप नै बनाइदिन्छ ।
डन्डिफोर हटाउन हामी विभिन्न बजारमा उपलब्ध भए जति क्रिम,औषधीको प्रयोग गर्छौ । तर भनेजस्तो सुधार र परिवर्तन हुँदैन । यस कारण हामीले घरेलु उपाय अपनाएर पनि डन्डीफोरबाट छुटकारा पाउन सक्छौ ।
डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् :
कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हुन्छ । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।
मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईँलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।
केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्याउँछ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् र यसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ । दहीसँग केरा मिसाएर लगाउनु पनि फाइदाजनक हुन्छ ।
गोलभेँडा
गोलभेँडामा पाइने तत्त्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्त्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । र आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्नुपर्छ ।
ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यसका लागि तपाईँले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाएमा पनि फायदा हुन्छ ।
बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ ।
आलु
आलुको टुक्रा काट्नुहोस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुहोस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुहोस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुहोस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् डण्डीफोर र यसको दाग निर्मूल हुँदै जानेछ ।
ओलिभ आयल
ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुहोस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


