Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

 बैतडीका एक युवकको मलेसियामा मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३१
 बैतडीका एक युवकको मलेसियामा मृत्यु

बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स