Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक महिला पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १
बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक महिला पक्राउ

काठमाडौं । स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा  सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्‍लिल कुराकानी गर्न लगाउने र अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स