Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

वैवाहिक बलात्कारको आरोप लागेका रवि ओड रिहा भए धरौटीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ४
वैवाहिक बलात्कारको आरोप लागेका रवि ओड  रिहा भए धरौटीमा

काठमाडौं । प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स