‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आवद्ध
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।
यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।
फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।
यस फिल्मलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । फिल्ममा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

