विवाहित महिलाले अरूलाई बाँड्न नहुने शृङ्गार निम्न रहेका छन्
काठमाडौँ । विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरू महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरू महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ ।
आज हामी ती के हुन् त जो विवाहित महिलाले अरू महिलालाई दिन नहुने ५ शृङ्गार निम्नानुसार रहेका छन् :
– सिउँदोको सिन्दूर
वैवाहिक जीवनको प्रतीकको रूपमा सिन्दूरको आफ्नै विशेष स्थान छ । यदि तपाईँ सिन्दूर लगाउनको लागि अन्य महिलाहरूलाई सिन्दूरको बक्स दिनुहुन्छ भने, यो बानी परिवर्तन गर्नुहोस् । किनकि यदि तपाईँले आफ्नो प्रयोग गरेको सिन्दूर अन्य विवाहित महिलालाई दिनुभयो भने, तपाईँको सौभाग्य खतरामा पर्न सक्छ ।
– निधारको बिन्दी
विवाह चिन्हमा बिन्दीको पनि महत्त्वपूर्ण स्थान छ । यदि कुनै आफन्तलाई बिन्दी चाहिन्छ भने नयाँ बिन्दी दिनुहोस् । आफ्नो निधारमा बिन्दी हटाउनुको अर्थ आफ्नो पतिको माया बाँड्दै हुनुहुन्छ। त्यसैले गल्तीले पनि यो काम नगर्नुहोस् ।
– विवाहका कपडा
महिलाहरू विशेष गरी आफ्ना विवाहका कपडाहरू आफ्नो विवाह पछि दिदी बहिनी आमा वा साथीलाई दिने गर्छन् । किनकि त्यो उनीहरू दोस्रो पटक लगाउँदैनन् । तर शास्त्रका अनुसार दोस्री महिलालाई विवाहका कपडा दिन हुँदैन । यसले घरको सुख संवृद्धि प्रभावित हुन्छ ।
– आँखामा लगाउने गाजल
विवाहित महिलाले आफूले लगाउने गाजल पनि अरूसँग साटेर लगाउनु हुँदैन । ज्योतिषशास्त्रका अनुसार गाजल अरूसँग साटेर लगाउँदा श्रीमानको माया कम हुन्छ ।
– चुरा
विवाहित महिलाले कहिले पनि आफ्नो हातमा लगाएका कंगन वा चुरा अरू महिलालाई दिनु हुँदैन । यसो गरेमा भाग्य कमजोर हुने मान्यता छ । किनकि चुरा कंगन साथै भाग्य पनि जाने विश्वास गरिन्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

